सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा सुरु भइसकेको परीक्षा स्थगन भएको छ।परीक्षा बिहान साढे ६ बजे सुरु भएपनि प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीहरूले लेख्न थालिसकेको बेला परीक्षा स्थगित गरिएको हो।
ग्राजुएट स्कूल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सअन्तर्गत स्नातक तहको पहिलो र सातौं समेष्टरको परीक्षाकाे प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीले लेख्न सुरु गरेपछि परीक्षा स्थगन भएको जानकारी गराइएको एक विद्यार्थीले बताए । स्थगनको कारण बारेमा विश्वविद्यालयले स्पष्ट जानकारी नदिएको विद्यार्थीहरूको आरोप छ।
‘हामीलाई पूर्वजानकारी बिना नै परीक्षा स्थगन गरिएको छ,’ एक विद्यार्थीले भने, ‘यो विश्वविद्यालयको गम्भीर त्रुटि हो।’ चैत १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका कारण विश्वविद्यालयले अन्तिम घडीमा परीक्षा स्थगित गरेको स्रोतकाे भनाइ छ ।
विश्वविद्यालय जारी गरेकाे सूचनामा चैत ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौं समेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएकाे छ।
सुचना हेर्नुहाेस्
