२०८३ वैशाख ८ , मंगलबार

बाबियाचौरका ५ पसलमा चोरी



सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ५ बाबियाचौरस्थित मिलनचोकका ५ वटा पसलमा चोरी भएको छ । गएराति बाबियाचौर बजारमा रहेका विभिन्न ५ वटा पसलहरुमा ताला फोडेर सामान तथा पैसा चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक रविन्द्र कार्कीका अनुसार अञ्जली कटेज, बाबियाचौर किराना, बोगटी कोल्ड स्टोर र मेनुका किचन वेयर र एउटा इलोक्ट्रोनिक्स पसलमा चोरी भएको हो ।

केही पसलबाट सामान र एउटा पसलबाट नगद १५ हजार रुपैयाँ चारी भएको सुचना आएको निरीक्षक काकीृले खबरदृष्टिलाई जानकारी दिए ।

प्रकाशित मिति : २०८१ चैत ३ गते आइतबार