सुर्खेत । सुर्खेतको भेरीगंगामा पानीको बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–१ तल्लो भ¥याङ बस्ने शुशिला रावतको १८ महिने छोराको मृत्यु भएको हो ।
छिमेकीको घरमा रहेको पानीको बाल्टिनमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक बीरेन्द्रबीर विश्वकर्माले जानकारी दिए ।
कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा उनको बिहीवार दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत ७ गते बिहीबार