२०८३ वैशाख ८ , मंगलबार

कुशेमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु



जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–२ तिमिले बस्ने लक्ष्मण सिँहको छोरा अन्दाजी १६ वर्षीय सन्तोष सिँह रहेका छन् ।

उनलाई कुशे गाउँपालिका–५ दम्दलास्थित दम्दलाबाट सरिया लोड गरी पाँचकाटियातर्फ जाँदै गरेको एसके निर्माण सेवा कम्पनीको रा.१ त.४४७१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट सिँहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार ट्याक्टर चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार