
काठमाडौँ । शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणी अन्तर्गत ६८८ जना शिक्षक माग गरेको हो। आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको हो।
उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। परीक्षा दस्तुर सात सय रूपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा पाँच सय रूपैयाँ लाग्नेछ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २०८१ चैत १४ गते बिहीबार