सल्यान । राष्ट्रिय परिचयपत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा आएका एकजना वृद्धको मृत्यु भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको ढोकामा लडेर बागचौर नगरपालिका वडा नम्बर ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको हो ।
कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि उनी ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहान करिब ११ः५० बजेतिरको समयमा जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएकोमा कार्यालयको तल्लो तलामा चिप्पलन गई लड्दा टीकारामको टाउकोमा चोट लागेको थियो ।
तत्कालै उपचारका लागि जिल्ला अस्पताल सल्यान पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । अहिले मृतकको शव जिल्ला अस्पतालमै राखिएको छ ।