२०८३ वैशाख ८ , मंगलबार

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक जबराको निधन



काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ। जबराको गएराति ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। जबराका छोरा दीपशमशेरका अनुसार आइतबार बिहान ११ बजे उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।

जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए। उनी नेपाल प्रहरीका १७ औँ महानिरीक्षक हुन्। केही समययता उनी गम्भीर बिरामी थिए।

प्रकाशित मिति : २०८१ चैत ३१ गते आइतबार