२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतमा एक करोड लगानीमा सोफा सेटको होलसेल सोरूम सञ्चालन



सोफा सेट होलसेल सोरूमको उद्घाटन गर्दै लक्ष्मण कँडेल

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सोफा सेट होलसेल सोरूम सञ्चालनमा आएको छ। झन्डै एक करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त सोरूमले स्थानीयस्तरमा रोजगारी सिर्जनासँगै गुणस्तरीय फर्निचर सेवा प्रदान गर्ने लक्ष्य लिएको सञ्चालक विमल आले मगरले बताए ।

नयाँ वर्षको अवसर पारेर सोमवार सोरूमको उद्घाटन सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले गरेका छन् । वीरेन्द्रनगरलाई रोजगारी सिर्जना गर्ने थलो बनाउने उद्देश्यले व्यवसाय विस्तार भएकोमा उनले सञ्चालक आलेलाई धन्यवाद व्यक्त गरे । उनले व्यवसायमा संघबाट सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए।

साथै अध्यक्ष कँडेलले संघको सदस्यता लिएर संस्थागत रुपमा अगाडि बढ्न आग्रह गरे । सोरूममा उपलब्ध सोफा सेटको मूल्य दश हजारदेखि एक लाख रुपैयाँसम्म र बेडको मूल्य १७ हजारदेखि ४५ हजार रुपैयाँसम्म रहेको सञ्चालक आलेले जानकारी दिए। ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसार विभिन्न डिजाइन र क्वालिटीमा फर्निचर छनोट गर्न सक्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८२ वैशाख १ गते सोमबार