२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगरमा लागु औषधसहित आमा-छोरा पक्राउ



सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा लागु औषध सहित आमाछोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेद्रनगर-१२ पदमपुर बस्ने ४५ वर्षीया बिनिता दर्लामी उनकै छोरा २४ वर्षीय बसन्त दर्लामी रहेका छन् ।

बिहीवार दिउँसो १ बजेको समयमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए।

उनीहरूको घर खानतलासी गर्दा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २८ पुडिया फेला पारेको र उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख ४ गते बिहीबार