
सुर्खेत । बिहीबार राति जाजरकोटको सशस्त्र प्रहरीको ब्यारेकमा गोली चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको ब्यारेकमा भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राति आमन्त्रित पाहुना फर्कने क्रममा गोली चलाएको आरोप लागेको छ ।
नेपाली सेनाको ब्यारेकबाट आएको टोलीले सशस्त्रको ब्यारेकमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । प्रजिअ मंग्राती फोन मुस्किलले उठेपनि बैठकमा भएको भन्दै अरू व्यक्तिलाई फोन उठाउन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले पट्का पट्काएको जवाफ दिए । स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारीदेखि सबै सुरक्षा अङ्गको टिम सशस्त्रको ब्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पुरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कँदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।
चन्दननाथ दल गण, मालिका ब्यारेक जाजरकोटका प्रमुख सेनानी दीपेश केसी (दीपक) ले आफ्नो बिदाइमा पड्का पड्काएको बताए । उनले जाजरकाेटका पत्रकार र जनताले सामान्य विषयलाई ठुलाे विषय बनाएर गलत गरेकाे उल्लेख गरे । साथै हतियार पड्काएको थाहा नपाउने कस्तो खालको जनता हो ? भन्दै उनले उल्टाे प्रश्न समेत गरे । उनले आफु नेपालगञ्ज भएकाे समेत दाबी गरे ।