
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाको एक घर, एक धारा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा पालिकाभरि नै खानेपानी पु¥याउने लक्ष्यअनुसार काम तीव्र रुपमा अगाडि बढाएको छ । गाउँपलिकाले यस चालु आर्थिक वर्षमा करिब ३७० घरधुरीमा पिउने पानी पु¥याएको गाउँपालिका उपाध्यक्ष नरबहादुर गिरीले जानकारी दिए ।
उनले यस चालु वर्ष ३, ४ र ९ नम्बर वडामा पिउने पानी पु¥याएको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा करिब ३७० घरधुरीमा पानी पुगेको बताउँदै आफुहरुले निरन्तर अनुगमन गर्दै पालिकाका अधिकांश वडामा पानी पु¥याउने लक्ष्य राखेको बताए । यस्तै केही दिन अघि मात्रै बारेकोट गाउँपालिका–४ मैना टोलका ११० घरधुरीलाई खानेपानीको सुविधा पुगेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरिले बताए ।
उनले ६८ लाख रुपैयाँमा उक्त खानेपानी निर्माण भएको जानकारी दिए । हेल्भेटास नेपालसँगको सहकार्यमा गाउँपालिकाले मैना गाउँमा सबै घरमा पिउने पानी पु¥याएको उनको भनाइ छ । गाउँपालिकाबाट जुम्ला जोड्ने सडकको बीचमा रहेको मैना गाउँमा खानेपानी पुगेपछि स्थानीयबासी खुसी मात्र नभई शुद्ध पिउने पानी समेत पाएका छन् ।
गाउँको छेउँमै खानेपानी बगे पनि आर्थिक अभावका कारण गाउँलेले घरघरमा धारा मार्फत पानी ल्याउन सकेको अवस्था थिएनन् । गाउँपालिकाले गाउँका सबै घरमा धारा दिने निर्णय गरेपछि सजिलै गाउँमा पानी आएको वडाध्यक्ष विष्णु रावतले बताए । घरमा पानीको धारा पुगेपछि आफुहरु खुसी भएको स्थानीय लालमाया बस्नेतको भनाइ छ ।
घरको आँगनमै पानीको धारा पुगेपछि पानी बोक्ने दुःख हटेकोमा बस्नेतले खुसी व्यक्त गर्नुभयो । गाउँपालिकाले ४ नम्बर वडामा मात्र नभई अन्य वडामा समेत पानी पु¥याउनका लागि काम गरिरहेको छ । वडा नम्बर १,२, ५ र ७ मा अघिल्लो आर्थिक वर्ष नै ४६५ घरमा पिउने पानी पुगिसकेको थियो ।