
सुर्खेत । जिल्लाको वीरेन्द्रनगर वडा नम्बर १ मा रहेको त्रिपुरेश्वर शिवालय मन्दिरकाे शिलान्यास गरिएको छ। सुर्खेतको निक्कै पुरानो मन्दिर भएपनि यसको जिर्णाेद्वार र संरक्षण नभएकोले बुधबार कर्णाली प्रदेशका उद्योग ,पर्यटन बन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मन्दिर शिलान्यासमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै मन्त्रालयले चालू आ.वबाट सुरु गरेको कार्यक्रममा आगामी बर्ष थप बजेट व्यवस्था गरिने प्रतिवद्भता जनाए।
धर्ममाथि चारैतिरबाट आक्रमण भइरहेको बेला मन्दिर शिलान्यास हुनु खुसीको विषय भएको बताउँदै मन्त्री अधिकारीले मन्दिर शिलान्यासले राम्रो सन्देश जाने बताए। आफु धर्मकर्म मान्ने परिवारकाे मानिस भएकोले बिनियाेजित रकम सदुपयोग हुनुपर्नेमा उनको जाेड थियाे।
वर्तमान राज्य व्यवस्था जतिकाे उत्कृष्ट व्यवस्था संसारमै नभएको दाबी गर्दै उनलेे वर्तमान व्यवस्था भित्रका फाेहाेरहरु भने सफा गर्नुपर्ने बताए। त्रिपुरेश्वर मन्दिर र त्यस वरपर बन्ने संरचनाहरुकाे कुल लागत ४ करोडकाे हुने र डिपिआर बमोजिम काम सम्पन्न हुन ४ बर्ष लाग्ने उनको भनाइ छ।
शिलान्यास कार्यक्रममा डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबू श्रेष्ठले डिपिआर बनाउन ढिला भएकोले समयमै मन्दिर निर्माणकाे काम सुरु हुन नसकेको जानकारी दिए। उनलेे भने, “१५ लाख बजेटमा टेण्डर भएको छ। २ पटक टेण्डर गरेपछि दाेश्राेपटक टेण्डर परेको छ भने १/२ दिनमै सम्झाैता भई काम सुरु हुनेछ।”
कार्यक्रमका अध्यक्ष एवम् मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बेलमाया गिरीले परिवारमा १ जनाले राम्रो काम गरेमा ७ पुस्तासम्म राम्रो हुने भन्दै आफुले राम्रो मात्रै काम गर्ने बताइन् । २४/२५ बर्षसम्म सरकारी जागिर गरेकाे र आफ्नै ठाउँमा फर्केर परिवारका अग्रज सदस्यहरुले स्थापना गरेको अनि भूमिदान गरेको ठाउँमा मन्दिर बनाउने कामकाे नेतृत्व गर्न पाउँदा खुसी व्यक्त गरिन्।
उनलेे भनिन,”मन्दिरलाई थप राम्रो बनाउन सकेको गर्नेछु।” उनलेे मन्दिरबाट आफुले केहीपनि नलिने बरु सकेको दिने प्रतिज्ञा गर्दै परिवारका सदस्यले स्थापना गरेको मन्दिर परिसरमा पाकेको फल टिपेर खानुपरे पैसा तिरेर मात्रा खाने बताइन् । ४ करोड लागत अनुमान गरिएको उक्त मन्दिर र त्यसको परिसरमा बन्ने संरचनाहरुमा कर्णाली प्रदेशकाे उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले यसबर्ष १५ लाख बजेट खर्च गर्नेछ।