२०८३ वैशाख ३ , बिहीबार

एमाले नेतृ चौधरीको अचार पसलमा आगलागी गराएको आरोपमा एक जना पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ शनिहल लाइनस्थित एक सुपर मार्केटमा भएको आगलागी प्रकरणमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । गत कार्तिक ३० गते आईतबार बिहान ४:२० बजे धन बहादुर जि.सी. ले सञ्चालनमा ल्याएको १८ सटरको दुईतले टिनको छानो भएको सुपर मार्केटभित्र आगलागी हुँदा दुई वटा पसल जलेर नष्ट भएका थिए।

सटर नं. १ मा रहेको जुना कुमारी बोहराले सञ्चालन गरेको नवदुर्गा बेबी शप पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ। सोहीसँगै छेउमा रहेको सटर नं. २ मा नेकपा एमालेकी नेतृ शान्ता चौधरीकाे अचार पसल पनि पूर्ण रूपमा क्षति भएको थियो ।

घटनाको अनुसन्धान गर्दा आगलागीमा संलग्न फरार रहेका वीरेन्द्रनगर–८ बस्ने २८ वर्षीय दीपक कँडेललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एबम् प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार बेबी शप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबन्डाको विवाद थियो । सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बुझिएकाे छ ।

याे पनि हेर्नुहाेस्

उद्घाटनको तीन दिनमै एमाले नेतृ चौधरीको अचार पसलमा आगलागी

प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार