
सुर्खेत । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि काठमाडौ गोर्खाजसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।
कर्णालीका लागि गुल्सन झा ले २२ बलमा ६ चौका ३ छक्का सहयोगमा ४९ रनमा अविजित रहे। नन्दन यादव १ रनमा अविजित रहे। २९ बलमा २ चौका र २ छक्का प्रहार हान्दै पवन सर्राफ ३५ रन बनाउँदा सन्तोष यादवको बलमा एलबीडब्लु धरापमा परे। २७ बलमा १ चौका र २ छक्का प्रहार गरेका ओपनर मार्क वाट ३० रन बनाउँदा रन आउट हुन पुगे।
अर्का ओपनर प्रियाङक पञ्चाल रोयल डकआउट हुन पुगे। विलियम बसिस्टो १ रनमा नै रन आउट भए। नजिबुल्लाह जड्रान १२ रन बनाउँदा रासिद खानको बलमा साहब आलमको हातबाट क्याच आउट नै भए। कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारको बलमा कट एण्ड बोल्ट हुन पुगे। दिपक डुम्रे १० रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए। काठमाडौका लागि रासिद खानले २ विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे।