काठमाडौं । फागुन २१ गते तोकिएको निर्वाचनको विरोधमा विभिन्न ६ वटा कम्युनिस्ट पार्टीहरूले भोलि काठमाडौं उपत्यका बन्दको घोषणा गरेका छन्। सीपी गजुरेल, धर्मेन्द्र बास्तोला लगायतका नेताहरू आबद्ध दलहरूले निर्वाचन खारेजीको माग गर्दै बन्द आह्वान गरेका हुन्।
उपत्यका बन्दको आह्वान गर्दै आज काठमाडौंमा निकालिएको महास जुलुसका क्रममा झण्डै तीन दर्जन प्रदर्शनकारी पक्राउ परेका छन्। प्रहरीले विभिन्न स्थानबाट प्रदर्शनमा संलग्नहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
आन्दोलनरत दलहरूले निर्वाचन जनताको हितविपरीत रहेको दाबी गर्दै विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्। चुनाव वहिस्कार आन्दोलनमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजबादी पार्टी, समर जङग नेतृत्वको समाजबादी कम्युनिष्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिष्ट पार्टी आबद्ध छन् ।