२०८३ वैशाख २३ , बुधबार

जाजरकोटको शिवालय–५ मा एकजना मृत फेला



जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका–५ मा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। शिवालय गाउँपालिका–५ थालारैकरस्थित विरालसिमाका ५० वर्षीय खडक परियार गएराति आफ्नै घर नजिकै झुण्डिएको अवस्थामा फेला परेको अस्थायी प्रहरी पोष्ट थालाका प्रहरी सहायक निरीक्षक (असई) विक्रम चौधरीले खबरदृष्टिलाई जानकारी दिए।

उनले घरायसी विवादका कारण परियारले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार