२०८२ माघ १७ , शनिबार

लेकवेशीमा तरुण दलका अध्यक्षसहित ४० जनाभन्दा बढी रास्वपा प्रवेश



सुर्खेत । लेकवेशी नगरपालिका-६ मा नेपाली काँग्रेस निकट तरुण दलका अध्यक्षसहित ४० जनाभन्दा बढीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

आइतवार आयोजित कार्यक्रममा तरूण दलका अध्यक्ष लक्ष्मी पंगालीसहित ४० जना बढीले रास्वपा प्रवेश गरेको रास्वपा नेता टेक बहादुर सिंहले जानकारी दिए।

उनका अनुसार पार्टी छोडेर रास्वपा प्रवेश गर्नेहरूमा नेकपा एमाले र नेपाली काँग्रेसका सदस्यहरू रहेका छन्। पछिल्लो समय रास्वपा प्रति विश्वास बढ्दै जाँदा विभिन्न पार्टी परित्याग गरी रास्वपा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको उनको भनाई छ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार