
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको एक पसलमा लागेको आगो करिब चार घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार अपराह्न वीरेन्द्रनगरस्थित मंगलगढी चोक नजिक रहेको मानिकेज उर्जा पसलमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ । आगो नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाका दुई वटा दमकल, सुर्खेत विमानस्थल तथा नेपाल प्रहरीका दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो ।
साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहभागिता रहेको थियो । आगो कसरी लागेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार