सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाका निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गरिँदै छ। यसै क्रममा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउँदै छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हमालले आज दिउँसो १ः३० बजे गुर्भाकोट मेहेलकुनास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने तालिका छ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार