२०८२ फागुन ३ , आइतबार

काठमाडौं–३ बाट उम्मेदवारी दिँदै कुलमान घिसिङ



काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन् । केन्द्रिय सदस्य महेन्द्र लावतीका अनुसार घिसिङले आज दिउँसो जोरपाटी चोकमा समर्थकसहित भेला भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यक्रम तय भएको छ ।

मन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रकृया भाँडिएसँगै घिसिङले आफ्नै दलमार्फत निर्वाचनमा होमिएका हुन् । सोही अनुसार उज्यालो नेपाल पार्टीले काठमाडौंं –३ सहित देशभर उम्मेदवार उठाउने तयारी अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार