
सुर्खेत । सुर्खेत–२ प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट कुलमणि देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।वीरेन्द्रनगरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर देवकोटाले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
एमाले सुर्खेतका जिल्ला अध्यक्षसमेत रहेका देवकोटा पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेका हुन् ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार