२०८३ वैशाख ७ , सोमबार

वीरेन्द्रनगरमा नयाँ वर्षको शुभकामना आदानप्रदान



सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । २०७९ सालको अन्तिम दिन बिहिवार नगरपालिकाले पत्रकार सम्मेलन गरी २०८० सालको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।२०८० सालको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले नयाँ वर्ष २०८० सालले नेपालीहरुलाई विकासको बाटोमा लाग्न दृढ शक्ति प्रदान हुने विश्वास व्यक्त गरे ।

 

उनले नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सु–स्वास्थ्य, दिर्घायुका साथै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् । नयाँ वर्षमा नयाँ जोश, नयाँ जाँगर तथा नयाँ उमंगका साथ समाज विकासमा लाग्न सबैलाई प्रेरणा प्राप्त हुने उपप्रमुख खनालले विश्वास व्यक्त गरेका छन् । उनले पत्रकार र नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिको सम्बन्ध नङ्ग र मासु जस्तै हुनेपर्ने उल्लेख गरेका छन् ।

 

यस्तै, निमित्त प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्रप्रसाद शर्माले सहभागी सवै पत्रकारहरुलाई शुभकामना दिँदै यस्ता शुभकामना मिलनले आपसी मित्रतासँगै व्यवसायीक एकतामा मद्दत पुग्ने दाबी गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ठूलो बलिदान भएको भन्दै त्यसको रक्षाका लागि पत्रकारले महत्वपूर्ण भुमिका खेल्नुपर्ने धाराणा राखे ।

 

कार्यक्रममा नगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरु, शिक्षक, लगायत, विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७९ चैत ३० गते बिहीबार