सल्यान । सल्यानमा २० दिनदेखि बेपत्ता भएका शारदा नगरपालिका–७ ओख्रेनीका ३८ वर्षीय भद्रबहादुर विक मृत फेला परेका छन् । गत चैत १२ गते घरबाट निस्किएपछि बेपत्ता भएका बिक शनिबार शारदा नगरपालिका–७ कागेखोलास्थित मसिना सामुदायिक वनको भीरमा सडेगलेको अवस्थामा फेला परेका हुन् ।
विकको शब गाईबाख्रा चराउन जंगल गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । मृतक विकका छोराले कपडाको आधारमा सनाखत गरेको उनको भनाइ छ विकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा ल्याइएको र अनुसन्धानको काम अघि बढेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० वैशाख २ गते शनिबार