२०८३ वैशाख ७ , सोमबार

वडाध्यक्षको व्यक्तिगत लगानीमा ‘सुत्केरी स्याहार खर्च’



रुकुम पश्चिम । रुकुम पश्चिमको वडा नम्बर १२ जमारु टोलकी मनिसा ओलीले गत चैत १६ गते छोरालाई जन्म दिइन् । उनी सुत्केरी भएको ठिक १४ दिनपछि वडाध्यक्ष धिरण सिर्पाली ‘सुत्केरी स्याहार खर्च’ लिएर मनिसाको घरमा पुगे । मनिसाको घरमै पुगेर वडाध्यक्ष सिर्पालीले तीन हजार रुपैयाँ मनिसाको हातमा राखिदिए ।

 

अहिलेसम्म १७ जना सुत्केरीलाई तीन हजार रुपैयाँका दरले स्याहार खर्च प्रदान गरेको वडाध्यक्ष सिर्पालीले जानकारी दिए ।  व्यक्तिगत लगानीमा सुत्केरी खर्च वितरण प्रदान गरेको उनको भनाइ छ । पूर्व वडा सदस्य पविता ओलीकाअनुसार उनको यो कार्य देखेर देखेर वडावासी खुसी भएका छन् ।

 

वडा अध्यक्ष सिर्पालीसहित, वडा सदस्य डिल्लीबहादुर ओली, वडा सचिव देवीलाल पुन, समाजसेवी एवं पूर्व वडा सदस्य पविता ओली, देवीलाल खड्का र वडा स्वास्थ्य कार्यालयमा कार्यरत अनमी सीता खड्का ओलीलगायतको टोलीले सुत्केरीको घरमै पुगेर स्याहार खर्च प्रदान गर्ने गरेको छ ।

प्रकाशित मिति : २०८० वैशाख २ गते शनिबार