सुर्खेत । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा भोलि सार्वजनिक बिदा दिएको छ । गत २९ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार शक्रवार प्रदेशका नौ जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।
शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकाय बन्द हुने कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।
कर्णाली सरकारले जुम्लामा बर्सेनि १२ चैतमा धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ । त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् ।
प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार