२०८३ वैशाख ८ , मंगलबार

कर्णाली प्रदेश प्रमुखद्धारा राष्ट्रिय धान दिवसको शुभकामना



सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख परियारले शुक्रवार शुभकामना सन्देश जारी गर्दै नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भनि शुभकामना व्यक्त गरेका हुन् ।

‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका सन्दर्भमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख परियारले दही चिउरा खाने दिनको रुपमा र व्यस्तताका बिच थकाई मारिने पर्वका रुपमा धान दिवसलाई महत्व दिइएको जनाए ।

‘प्रत्येक वर्ष असार १५ गते रोपाईलाइ महोत्सवका रुपमा मनाइने धान दिवसको अवसरमा कर्णाली प्रदेशवासी लगायत सम्पुर्ण नेपाली कृषक दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

‘हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडी बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक भएको’ उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

धानको उत्पादनलाई महत्व दिंदै कृषकको मनोबल उच्च बनाई उनीहरुको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले देशभरी असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवशको रुपमा मनाउदै आएको छ ।

रोपाई खेतमा नै गएर दही च्यूरा खाने चलन भएकाले पनि युगौयुगान्तर देखि असार १५ लाई रोपाईको माध्यमका रूपमा दही चिउरा खाने दिन पनि भनिएको हो । यसै अवसरमा कर्णालीका जुम्ला बाहेक नौँ जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ ।

No description available.

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रबार