२०८३ वैशाख ८ , मंगलबार

सुर्खेतका भाइरल वडा अध्यक्ष विनोदसिँह विष्ट पक्राउ



सुर्खेत । सुर्खेतका भाइरल भनेर चिनिएका वीरेन्द्रनगर नगरपालिका ३ का वडा अध्यक्ष बिनोदसिँह विष्ट पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा लुकेर बसेको अवस्थामा आइतवार दिउँसो ३ः३२ बजेको समयमा पक्राउ गरेको हो ।

बिहीवार दिउँसो वडाध्यक्ष विष्टसहित सुशिल गुरुङ, बलिराज शाहीले खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ जफत गरेको भनि उपभोक्ताका समितिहरुले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी पश्चात वडा अध्यक्षको लागि अदालतले पक्राउ पुर्जी समेत जारी गरेको थियो ।

यो पनि हेर्नुहोस् – साढे ६ लाख लुटेकाे भनिएका वडा अध्यक्षकाे काउण्टर जवाफ : समितिबाट घुसकाे “अफर”

पक्राउ पुर्जी जारी भएलगत्तै विष्टलाई आज नगरपालिकाको कार्यालयबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले खबरदृष्टिलाई जानकारी दिए । अन्य दुइजनालाई भने प्रहरीले शुक्रवार नै नियन्त्रणमा लिइसकेको छ ।

पक्राउ परेका दुइजनाले वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । वडा अध्यक्ष विष्टले भने आफूमाथि लागेको आरोप झुटो भएको बताउँदै आएका थिए । वडाध्यक्ष विष्टमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतबार