सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि कुटपिट तथा हातपात गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ क्याम्पस रोड बस्ने वर्ष २७ का प्रकाश केसी रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा कर्णाली प्रदेश ०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासी हातपात तथा कुटपिट गरेका थिए । घटनामा संलग्न अन्य ३ जना फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार