
रवि हमाल, मुगु । मुगुको छायानाथ रारा नगरपालिका-४ का वडा अध्यक्ष लक्ष्मी प्रसाद भामले वडा भित्रका दलित र बाढी पीडितलाई खाद्यान्न सहयोग गरेका छन् । गत वर्ष असोजको अविरल बर्षातले जिल्लाको विभिन्न क्षेत्रमा मानविय तथा आर्थिक र भौतिकरुप क्षति पुर्याएको थियो ।
प्रतिकुल अवस्थाबिचका नागरिकलाई सामान्य भए पनि राहत होस भन्ने हेतुले उनले दलित र बाढी पीडितलाई खाद्यान्न सहयोग गरेका हुन् । उनले दलित परिवार र बाढी पीडितलाई सामान्य भए पनि राहत पुगोस् र साउने संक्रान्तिमा खुसी बाँड्न सकुन् भनेर खाद्यान्न सहयोग गरेको जानकारी दिए । उनले ४ नम्बर वडाका रोकायाबाडा र भामबाडा गाउँमा रहेका दलित घर र बाढीपीडित १ सय ७० घरधुरी परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।


प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार