२०८३ वैशाख ८ , मंगलबार

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै बिदा दिने जनाएको हो ।

साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक सङ्घ संस्थामा बिदा लागू हुने मन्त्रालयका उपसचिव एवम् प्रवक्ता निधि राज न्यौपानेले जानकारी दिए ।

प्रदेश सरकारको २०७९ चैत्र २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।

May be an image of text that says 'कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय वीरेन्द्रनग नेपाल র सार्वजनिक बिदा सम्बन्धी सचना मिति २०१० साउन गते सोमवार साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेश स्थित सवै सरकारी तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) वाट मिति २०७९/१२/२९ मा निर्णय भएको हुंदा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति: २०5०/०३/२९ kn भिधि राज न्यौपाने उपसचिव प्रवक्ता'

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार