२०८३ वैशाख ८ , मंगलबार

दैलेखमा भरुवा बन्दुकसहित एक जना पक्राउ



दैलेख । दैलेखमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लामा दुल्लु नगरपालिका–१३ सिम्लीका ६३ वर्षीय पुर्ण बहादुर शाही रहेका छन् । उनको साथबाट १ थान एक नाले भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

शाहीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुल्लुबाट र अस्थायी प्रहरी पोष्ट बिनायकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार