
रुकुम पश्चिम । रुकुम पश्चिममा एक वडाअध्यक्षले आफुले पाउने सेवा सूविधाबाट कटाएर शिक्षकलाई तलव खुवाएका छन् । चौरजहारी नगरपालिकाको वडा नम्वर–८ का वडाअध्क्ष शसिराम वि.क.ले आफुले नगरपालिकाबाट पाउने सेवासुविधा कटाएर शिक्षकलाई २ महिना बराबरको ३६ हजार तलब खुवाएका हुन् ।
स्थानीय जनचेतना आधारभुत विद्यालय अंगेरीमा अध्यापनरत शिक्षक अमृत स्वर्णकारलाई जेष्ठ र असार महिनाको प्रति महिना १८ हजारका दरले २ महिनाको हुन आउने ३६ हजार रुपैया शनिवार एक कार्यक्रमका विच वुझाएका हुन् । चौरजहारी नगरपालिका नगर शिक्षा शाखाले विद्यालयमा शिक्षकको लागि सेवा सुविधा नदिएपछि आफुले आफनो सेवा सुविधा कटाएर शिक्षकलाई २ महिना बराबरको तलब दिएको वडाअध्यक्ष वि.क.ले जानकारी दिए ।
उनले विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी, शिक्षकहरुको भरण पोषण तथा विद्यार्थीहरुको लागि पाठयपुस्तुक, दिवाखाजा र पोशाक पालिकाले उपलव्ध नगराएको प्रति गुणासो व्यक्त गर्दै त्यसको लागि आफुले निरन्तर रुपमा कुरा उठाईराखेको बताए ।