
सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा मधुवन बिसी चयन भएका छन् । शनिबार वीरेन्द्रनगरमा भएको आठौँ जिल्ला अधिवेशनले विसीको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेकाे छ। युनियनको उपाध्यक्ष खुल्लातर्फ बुद्धि सिंह ठकुरी र महिला उपाध्यक्षमा सीता आचार्य, सचिवमा रमेशकुमार पाण्डे, सहसचिवमा संगिता भण्डारी र कोषाध्यक्षमा टेकराज केसी चुनिएका छन् ।
सदस्यहरुमा मानबहादुर खड्का, नवीन सुवेदी, जगतदल जनाला विक, कमलकुमार न्यौपाने, विष्णु सापकोटा, अम्मरबहादुर कार्की, हुमबहादुर कार्की महिला सदस्यमा भावना राना र अनमिका बोहाेरा चयन भएको निर्वाचन संयोजक दुर्गा प्रसाद सापकोटाले जानकारी दिए ।उनकाअनुसार नव निर्वाचित समितिले शनिबार नै पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।
प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार