२०८३ वैशाख ८ , मंगलबार

कर्णाली नदीमा डुबेर एक जना बेपत्ता



सुर्खेत । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका हुन् ।

नुहाउने क्रममा मोहन्याल गाउँपालिका–७ का ४५ वर्षीय कृष्णप्रसाद खनाल मंगलबार साँझ नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता खनालको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान समेत भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधबार