
सुर्खेत । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विद्येयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन् । प्रदेशसभा सचिवालयको पत्रअनुसार बिहिवार प्रदेश प्रमुख परियारले उक्त विद्येयक प्रमाणीकरण गरेका हुन् ।
प्रमुख परियारले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको जनाइएको छ ।
परियारले विद्येयक प्रमाणीकरण गरेसँगै कर्णाली प्रदेश सरकारलाई कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) गर्ने बाटो खुलेको छ । सोमवार प्रदेशसभाको दोस्रो अधिवेशनको २६ औँ बैठकबाट उक्त विधेयक सर्वसम्मतले पारित भएको थियो ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहीबार