२०८३ वैशाख ८ , मंगलबार

सर्पको टोकाइबाट सल्यानका एक जनाको मृत्यु



सल्यान । दाङ्गमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल दाङको शान्तिनगर–७ बस्दै आएका १६ वर्षीय मनोज वलीको बिहीवार मृत्यु भएको हो ।

राति कोठामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा गम्भीर बिरामी भएका उनलाई उपचारका निम्ति राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । सामान्य उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार