२०८३ वैशाख ८ , मंगलबार

शिक्षक र विद्यार्थीद्वारा जनचेतनामूलक कार्यक्रमसहित सरसफाइ



हुम्ला । हुम्लामा पछिल्लो समय फोहोरमैला बढ्न थालेपछि जनचेतनामूलक सन्देशसहित गाउँमै पुगेर सरसफाइ गरिएको छ । सिमकोट गाउँपालिका वडा १ र २ मा पर्ने ठेहे गाउँमा एक कार्यक्रम गरेर जनचेतनामूलक सन्देश, नारासहित फोहोर संकलन गरिएको हो ।

सिमकोट गाउँपालिकाका वडाहरु छरिएर रहेको र ठूलो बस्तीमा फोहोरमैला बढ्न थालेपछि जनचेतनामूलक सन्देशसहित नारा लगाउँदै सरसफाइ गरिएको स्वतन्त्र विद्यार्थी युनियन हुम्लाका जिल्ला सभापति नरेन्द्र भण्डारीले बताए ।

सदरमुकाम सिमकोटबाट मानसरोवर माध्यमिक विद्यालयबाट ३३ जना विद्यार्थी र एक जना शिक्षक, बालमन्दिर माध्यमिक विद्यालयबाट २३ जना विद्यार्थी एक जना शिक्षक र स्वतन्त्र विद्यार्थी युनियनको टोली उक्त गाउँमा गएर जनचेतना सन्देश, फोहोरबाट बच्ने उपाय, हात धुने तरिका लगायत गाउँबासीलाई सिकाएका थिए ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमबार