२०८३ वैशाख ८ , मंगलबार

छिन्चु प्रहरीद्वारा एक लाख बराबरको अवैध सामान बरामद



सुर्खेत । सुर्खेतको भेरीगंगामा अवैध कुर्ता सुरुवाल बरामद गरिएको छ । भेरीगंगा नगरपालिका–४ तोलीखोला पुल स्थित नेपालगंजबाट सुर्खेत तर्फ आउँदै गरेको ना –३ ख २६५४ नम्बरको बसलार्ई चेक जाँच गर्दा कुनै पनि बिल नभएको ७५ जोर कुर्ता सुरुवाल बरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो । बरामद सामानको मूल्यांकन १ लाख १२ हजार कायम गरिएको छ । पछिल्लो समय भेरीगंगाबाट निरन्तर रुपमा अवैध सामान बरामद हुँदै आएका छन् ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमबार