२०८३ वैशाख ८ , मंगलबार

डाक्टरमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ



सल्यान । सल्यानमा डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्मा गाउँपालिका–१ का अन्दाजी २२ वर्षीय दिपेन्द्र चन्द रहेका छन् ।

उनले मादक पदार्थ सेवन गरी जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर राहुल पाण्डेय माथि हातपातका गरेका थिए । हातपात गरेपश्चात डाक्टर पाण्डेले आफुमाथि अभ्रद व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरीदिएपछि चन्दलाई बुधवार साँझ श्रीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी दामोदर केसीले जानकारी दिए ।

उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय सल्यानबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहीबार