२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३ उत्तरगंगा स्थित भुरेली नजिक मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका–७ बस्ने वर्ष २३ का कृष्ण शाही र शुभकालिका गाउँपालिका– ३ बस्ने वर्ष २३ का विमोचन विष्ट रहेका छन् । कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकलमा भुरेलीबाट बजारतर्फ आउँदै गर्दा बिहीबार राति ९ः३० बजेको समयमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख देवेन्द्र बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार विष्टको राति १०ः४५ बजेको समयमा र शाहीको शुक्रवार बिहान ८ः४० बजेको समयमा प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार तीन जना रहेका थिए ।

तीन जना सवार मध्ये खाँडाचक्र नगरपालिका–५ बस्ने वर्ष १९ का प्रकाश कठायत घाइते छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रमुख बुढाथोकीले बताए । मृत्यु भएका दुवै जनाको शव प्रदेश अस्पतालको शव गृहमा राखिएको र दुर्घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रबार