२०८३ वैशाख ९ , बुधबार

चौकुनेका अध्यक्षले यात्रुलाई टिप्परमै यात्रा गराएपछि…..



सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले पालिकाको टिप्पर र तेल खर्चमा पालिकाका नागरिकलाई गन्तव्यसम्ममा पु¥याउँनका लागि टिप्पर सेवा सञ्चालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको संयुक्त यातायात व्यवसायीले चौकुनेमा सिन्डिकेट लगाएपछि पालिकाले शनिवारबाट आफ्नै टिप्पर र तेल खर्चमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

सुर्खेतस्थित विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा नागरिकले सास्ती भोगेको भन्दै पालिकाले यस्तो सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष खड्क विकले जानकारी दिए ।

उनकाअनुसार पालिकाले सुरुमा भे १ ग १२९ र भे १ ग १३० नम्बरको टिप्परबाट यात्रुलाई सेवा दिइएको छ । अध्यक्ष विकले शनिबारबाट दुईवटा टिप्पर र आइतबारबाट चार वटा टिप्परबाट सेवा दिने बताए । पालिकाले निःशुल्क यात्रा सेवाका लागि शनिवारबाट सञ्चालन गरेको टिप्परमा संयुक्त यातायातका ज्यादतीविरुद्धमा चौकुने नारासमेत उल्लेख गरेको छ ।

बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले चौकुनेमा गाडी ल्याउँनुको साटो बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिप्परमै यात्रा गराउन थालिएको अध्यक्ष विकले बताए । टिप्परमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनको भनाई छ ।

No description available.

प्रकाशित मिति : २०८० साउन २० गते शनिबार