जुम्ला । चन्दननाथ नगरपालिका९४ स्थित होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १८ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय लुमन चौलागाई र २० वर्षीय राजेश हमाल रहेका छन् ।
उक्त होटलमा खाजा खाँदै गरेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार