
डोल्पा । हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा हवाईसेवा सुचारु भएको छ । अवरुद्ध भएको छब्बीस दिनपछि मात्र हवाइसेवा सुचारु भएको हो । मौसम खुलेसँगै झन्डै एक महिनापछि बुधवारबाट हवाईसेवा सुचारु भएको समिट एयर डोल्पाका प्रमुख पुर्णजंग शाहीले बताए ।
बर्षायाम सुरु भएसँगै मौसममा आएको खराबीका कारण उडान हुन नसकेको शाहीको भनाइ छ । हवाई उडान सुचारु भएसँगै नेपालगन्ज विमानस्थलदेखि तारा एयरले एउटा उडान गरेको छ । उडान भएपछि महिना दिनदेखि नेपालगन्ज र जुफाल विमानस्थलमा जहाज कुरेका यात्रुहरु गन्तव्यमा पुग्न पाएका छन् ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधबार