२०८३ वैशाख १० , बिहीबार

खाँडाचक्रको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश



कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका विरुद्ध परेको उजुरीमा उच्च अदालत सुर्खेत जुम्ला इजलासले बजेट कार्यान्वयन नगर्न आदेश दिएको छ। माननीय न्यायाधीश नवराज थपलियाको एकल इजलासले सोमबार आर्थिक बर्ष २०८०र०८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो।

नगर प्रमुख कमल बहादुर शाही र नगर उपप्रमुख गणेश बहादुर शाही विरुद्ध साउन ११ गते नगरपालिकाका वडाअध्यक्षहरुले उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा मुद्दा दर्ता गरेका थिए।

खाँडाचक्र नगरपालिकाले असार १० गते साझ करिव २ घण्टा नगरसभाको उद्घाटन मात्र गरेर नगरसभा सम्पन्न गरेको, उद्घाटन शत्रमा गरिएको माइनुटमै नगरप्रमुख र उपप्रमुखले आर्थिक बर्ष २०८०/०८१ को बजेट बनाएर सार्वजनिक गरेको वडा अध्यक्षहरुको आरोप छ।

सार्वजनिक गरिएको बजेटमा वडाका कुनै योजना नसमेटीएको, मनोमानि बजेट ल्याएको, जनतामुखि नभइ जनप्रतिनिधि मुखि बजेट बनाएको लगायतका बिषयमा नगरपालिकाका ११ जना वडा अध्यक्षको समर्थनमा ९ जनाले उजुरी दिएका थिए।

नगरपालिकामा अहिले पनि बेथिति सुरु भएको छ।नगरपालिकामा आवश्यकभन्दा बढी कर्मचारी भएको तर कार्यालयमा नआउने गरेको पाईएको छ। स्थानीय मनोमानी निर्णय गर्ने गरेको बताएका छन् ।नगरपालिकाले अहिले सम्म आफ्नो प्रशासकीय भवन तयार गरेको छैन।नगरपालिकाले वार्षिक ५० लाख भाडामा तिर्ने गरेको छ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधबार