
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्रामबाट प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले आज (बुधवार) वीरेन्द्रनगर नगरपालिका–७ का २३ वर्षीय निर्देशन शर्मालाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत सुर्खेतको लगत नम्बर ३७२० को चेक अनादर मुद्दामा १ वर्ष कैद तोकेको थियो । उनी हालसम्म फरार रहेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखिएको छ ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधबार