
अम्मर राजवंशी, सुर्खेत । राष्ट्रिय युवा सङ्घ नेपाल गुर्भाकोट नगर स्तरीय दोस्रो नगर अधिवेशनबाट सुरेश रोकाय चयन भएका छन् । बुधवार भएको नगर अधिवेशनले रोकायको नेतृत्वमा ३३ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य गोरख बोगटी, विशेष अतिथि केन्द्रीय कमिटी सदस्य ठम्मर विष्ट, राष्ट्रिय युवा सङ्घ नेकपाका केन्द्रीय सदस्य छवि डाङी, युवा सङ्घ नेपाल सुर्खेतका अध्यक्ष वासु आचार्य लगायत पाटीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
निर्वाचित अध्यक्ष सुरेश रोकायले अब गुर्भाकोटमा पनि युवा सङ्घ भएको भनी आवास दिलाउने गरी काम गर्ने बताए । उनले पछिल्लो समयको बेतिथि र भ्रष्टाचार नियन्त्रण गर्ने आफूहरू लागि पर्ने प्रतिबद्धता जनाए । युवाहरूको बाक्लो उपस्थितिमा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधबार