
सुर्खेत । सल्यानकी एक महिलाको घाँटीबाट तिलहरी लुटेर भाग्दै गरेका युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १० बिजौरीका १८ वर्षीय नवीन सुनार रहेका छन् । उनले सल्यान कुमाख गाउँपालिका– ३ रागेचौरकी ५१ वर्षीया निर्मला खत्रीको घाँटीबाट तिलहरी लुटेर भागेका थिए ।
सल्यानबाट तुलसीपुरको बसपार्कमा झरेर छोरा–बुहारीले सञ्चालन गरेको नास्ता पसल खोज्दै गरेको अवस्थामा सुनारले त्यो पसलमा लगिदिने भन्दै बसपार्कको पुलनजिकै लगेर घाँटीमा लगाएको तिलहरी लुटेर भागेका पछि खत्रीले हारगुहार गरेकी थिइन् । सोही क्रममा बसपार्कमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
प्रकाशित मिति : २०८० भदौ १ गते शुक्रबार