सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अबसरमा पञ्चपुरी खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता यहि भदौ १६ गते देखि सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा सहभागीता जनाउने टिमले भदौ १२ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने समितिका संयोजक कृष्ण रावलले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउँनेछन् भने उपविजेताले नगद रु ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार दिइने संयोजक रावलले जानकारी दिए ।
उनकाअनुसार प्रतियोगिता पञ्चपुरी नगरपालिका–६ को बिपि रंगशालामा १६ गतेदेखि सुरु भएर २० गते सम्पन्न हुनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट विधा र उत्कृष्ट स्पाइकरलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।
खेलकुद समितिले विगतका वर्षमा फुटबल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता आयोजनाका लागि गाउँपालिकाले पनि केही सहयोग गर्ने प्रतिवद्धता जनाएको संयोजक रावलले बताए ।