२०८३ वैशाख ११ , शुक्रबार

वीरेन्द्रनगरमा भेटिएको शवको पहिचान खुल्यो



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–११ चौखेढुगां खोला पुलको आडैमा फेला परेको शवको पहिचान खुलेको छ । मृतक वीरेन्द्रनगर–१२ बस्ने वर्ष ४५ का रामबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

शनिबार बिहान स्थानीयले बेवारीसे अबस्थामा शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । खबरपश्चात उक्त स्थानमा प्रहरीको टोली गएर सोधपुछ गरेपछि शवको पहिचान खुलेको डिएसपी शाहीले जानकारी दिए ।

उनकाअनुसार थापा सशस्त्र प्रहरी बलको कर्मचारी भएको बुझिएको छ । हाल शव पोष्टर्माटमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० भदौ २ गते शनिबार