२०८३ वैशाख १० , बिहीबार

अवैध संरचना हटाउन भेरीगंगा नगरपालिकाले दिएको सूचनाको बेवास्ता



सुर्खेत । रत्न राजमार्ग अन्तरगत भेरीगंगाको छिन्चु सडकमा राखिएका निर्माण सामाग्री, मालसामान तथा अनावश्यक पार्किङ गरी राखिएका सवारी साधनहरू हटाउने सम्बन्धी नगरपालिकाले जारी गरेको सूचनाको बेवास्ता गरिएको छ । नगरपालिकाले बारम्बार सूचना जारी गरेर हटाउनको लागि ताकेता गरे पनि व्यवसायी तथा स्थानीयहरूले सडकमा भएका विभिन्न सामान हटाउन अटेरी गरेका हुन् ।

नगरपालिकाले गत २०७९/१०/०९ गते पहिलो पटक सूचना जारी गर्दै भेरीगंगा नगरपालिका अन्तरगत रत्न राजमार्गको सम्पूर्ण क्षेत्र तथा छिन्चु बजारको इलाका प्रहरी कार्यालयदेखि छिन्चुखोला पुलसम्मको सडकमा भएका कुनै पनि निर्माण सामाग्री मालसामान तथा लामो समयदेखि पार्किङ गरेर राखेका सवारी साधन ७ दिन भित्र हटाउन आग्रह ग¥यो ।

तर, नगरपालिकाको उक्त सूचनाको अधिकांशले वास्ता गरेनन् । सूचनामा भनिएको थियो, ‘७ दिन भित्र ती सामानहरू नहटाई बाटो अवरुद्ध भएको पाइएमा नगरपालिकाले अनुगमन गरी कारबाही गर्नेछ ।’ नगरपालिकाले कारबाही गर्ने भनिए पनि कारबाही भने अहिलेसम्म गरेको छैन । नगरपालिकाले सूचना थप जारी गर्दै ताकेता गरिरहेको छ ।

नगरपालिकाले पुनः २०७९/११/०३ मा अर्को सूचना जारी गरी नगरपालिकाको निर्णय कार्यान्वयन गर्न ताकेता गरेको हो ।पहिलो पटक जारी गरिएको सूचनामा सामानहरू नहटाएको हुँदा यो सूचना जारी गरिएको थियो । दोस्रो सूचनाको पनि अटेरी गरेमा ५ दिनभित्र सामान नहटाएमा नगरपालिकाले अनुगमन गरी उक्त सामान जफत गरी नियमअनुसार कारबाही गर्ने छ, भनिएको थियो ।

यस्तै फेरि नगरपालिकाले साउन २६ मा पनि सोही सूचना जारी ग¥यो । नगरपालिकाले बारम्बार सूचना जारी गरेपछि यति बेला सामाजिक सञ्जालमा नगरपालिकालाई विभिन्न प्रश्न र आलोचना गरेका छन् । उनीहरूले सूचना मात्र नभई विभिन्न साधनहरू समेत हटाउन पहल गर्नुपर्ने माग गरेका छन् ।सामाजिक सञ्जालमै एक व्यक्तिले लेखेका छन्, ‘पटक पटक सूचना जारी गर्नु तरुनी फकाए झैँ भयो,त्यसैले सूचना मात्रै होइन मेयर साप एक्सन पनि लिनुहोस्, केही समस्या परेमा हामी साथ दिन तयार छौ ।’

May be an image of text

पहिलो पटक जारी गरीएको सुचना

यस्तै, छिन्चु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष धर्मराज खड्काले सोही विषयमा लेखेका छन्, ‘आदरणीय भेरीगंगा नगरपालिका सुर्खेतका नगरप्रमुख ज्यु हजुरले सुरुमा सूचना सार्वजनिक गर्दा (नीति, विधि र प्रविधि ) बाट मैले अब केही हुन्छ कि भनेर धन्यवाद र राम्रो कामको लागि शुभकामना पनि दिएको थिए । तर काम भएन ? अहिलेको तेस्रो सूचनामा नाम पो फेरियो ? तर हजुरहरू यहाँको रैथाने भएकाले राम्रोसँग थाहा होला २०२९ सालको सर्भे नापीमा यस महत्त्वपूर्ण मुख्य सडकको दायाँबायाँ थुप्रै ठाउँहरूमा अतिक्रमण पनि छ जुन खाली गर्नुपर्ने दायित्व स्थानीय सरकारको हैन र भन्दै उनले नगरप्रमुखलाई प्रश्न समेत गरेका छन् ।

यसअघिका दुई वटा सूचनामा नगरप्रमुख यज्ञप्रसाद ढकालको हस्ताक्षर थियो भने यस पटकको अर्थात् तेस्रो सूचनामा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोख्रेलको हस्ताक्षर छ । यसबारेमा थप बुझ्न खोज्दा नगरप्रमुख ढकालले नगरपालिकाले विभिन्न संरचनाहरू हटाउँदै गएको बताए । उनले नगरपालिकाले पहिलो पटक सूचना जारी गरेपछि विभिन्न संरचनाहरू आफै हटाएको र नगरपालिकाले पनि “एक्सनका“ साथ अगाडि बढेको बताए ।

May be an image of text

दोस्रोे पटक जारी गरीएको सुचना

खबरदृष्टिले नगरपालिकाले बारम्बार सूचना मात्रै जारी गर्ने हो कि केही एक्सनमा पनि जाने हो भन्ने प्रश्न गर्दा उनले नगरपालिका पहिलेदेखि नै एक्सनमा गएको बताए । ‘हामीले पहिलो पटक सूचना जारी ग¥यौँ, त्यति बेला धेरैले विभिन्न सामानहरू हटाउनुभयो, कतिले अटेर गर्नुभयो, हामीले भोलिपल्ट डोजर लिएर आउँछौ भन्न बित्तिकै रातारात सामान तथा साधनहरू हटाउनुभयो,’

उनले भने, ‘नगरपालिका एक्सनमै गएको छ, अब अन्तिम पटक सूचना जारी गरेका छौँ, आफै हटाएमा ठिकै छ, नहटाएमा हामी अनुगमन गरी सामान जफत गर्छौ । अहिले फोरलेन सडक बनाइँदै छ, सकेसम्म उहाँहरू आफै हटाइहाल्नु हुन्छ होला।’

May be an image of ticket stub and text

तेस्रो पटक जारी गरीएको सुचना

उनले हाइवेमा भएका संरचना सबै हटाइसकिएको र भित्री सडकमा भएका केही व्यवसायीले सूचनाको अटेर गरेको बताए। उनले कतिले सूचना जारी गरेको समेत थाहा नपाउँदा पनि आफ्ना सामानहरू नहटाएको बताए । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८० भदौ २ गते शनिबार